१३ सय युक्रेनी सेना मारिए, ६०० रुसी फौजद्वारा आत्मसमर्पण : राष्ट्रपति जेलेन्स्की

१३ सय युक्रेनी सेना मारिए, ६०० रुसी फौजद्वारा आत्मसमर्पण : राष्ट्रपति जेलेन्स्की

केन्द्रबिन्दु
0
Shares

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन्। २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन्। त्यस्तै, करिब ५०० देखि ६०० रुसी फौजले युक्रेनी सेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ। 

यसैबीच, युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ। रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरहेको बेला उसले २५ किलोमिटर दूरीबाट राजधानीका सैन्य अखडालाई निशाना बनाएको छ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धविराम गर्न आग्रह गरेका छन्। 

यसैबीच, राष्ट्रपति जेलेन्स्कीले देशका नागरिकहरूलाई दिइने सर्वोच्च सम्मान ’युक्रेनको नायक’ उपाधि प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेका छन्।एजेन्सी

Logo