आमालाई औषधि किन्न जाँदा रुसी ट्यांकको हमलामा परि एक महिलाकाे मृत्यु

आमालाई औषधि किन्न जाँदा रुसी ट्यांकको हमलामा परि एक महिलाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

आफ्नी बिरामी आमालाई औषधि किन्न जाने क्रममा रुसी ट्यांकको हमलामा एक युक्रेनी महिलाको मृत्यु भएको छ । भ्यालेरिया माक्सेत्स्का नाम गरेकी ती महिला आफ्नी आमा र चालकसँगै राजधानी किभनजिकै मारिएका हुन् । उनी अन्तर्राष्ट्रिय विकाससम्बन्धी अमेरिकी सहयोग नियोग यूएसएडमा कार्यरत थिइन् । 

भ्यालेरिया सुरुमा रुसीहरूबाट घेराबन्दीमा परेका वासिन्दाहरूलाई सहयोग गर्न किभमा बस्ने योजना बनाएकी थिइन् । तर, आमालाई औषधि अभावपछि त्यहाँबाट अन्यत्र जाने निर्णय गरेका थिइन । 

एउटा ट्यांकले भ्यालेरिया र उनकी आमा चढेको गाडिमा गोली चलाएको थियो । पश्चिम किभको एउटा बाटोमा रुसी सेनाको बख्तरबन्दलाई अगाडि बढ्न बाटो दिइरहेका बेला उनीहरु आक्रमणमा  परेका थिए । 

२० करोड डलर मूल्यका हतियार सहयोग
यसैबीच रुसी हमलाबाट जोगाउन अमेरिकाले २० करोड डलर मूल्य बराबरको साना हतियार, एन्टी ट्यांक र एन्टी एयरक्राफ्ट हतियार सहोग गर्ने भएको छ । 

युक्रेनी अधिकारीहरूले रुसी सेनाको भारी गोलाबारीबाट बचाउन थप उपकरणहरू माग गरिरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई थप सुरक्षा सहयोगको अधिकार दिएको ह्वाइट हाउसले जनाएको थियो ।

यस कदमले युक्रेनमा नयाँ सैन्य उपकरणको ‘तत्काल’ ढुवानी सुरु गर्ने एक वरिष्ठ प्रशासन अधिकारीले बताएका छन् । एजेन्सी

Logo