चीनमा काेराेना संक्रमण तीव्रगतिमा बढ्दै, एकपछि अर्को सहरमा लकडाउन

चीनमा काेराेना संक्रमण तीव्रगतिमा बढ्दै, एकपछि अर्को सहरमा लकडाउन

केन्द्रबिन्दु
0
Shares

कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा लकडाउन घोषणा गरिएको छ। 

शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई मार्च २० सम्म घरभित्रै बस्न भनेको छ। सो अवधिसम्म सार्वजनिक सवारी साधनहरु पनि नचल्ने स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना गरिरहेका बेला सरकारले पछिल्लो प्रतिबन्ध लगाएको हो। पछिल्लो समयमा चीनमा कोभिड संक्रमण दर बढ्दो छ। 

‘यदि रोकथाम र नियन्त्रणलाई समयमै र निर्णायकरूपमा सशक्त बनाइएन भने यो सजिलै समुदायस्तरमा फैलिन सक्छ’, शेनजेनका स्वास्थ्य अधिकारी लिन ह्यान्चेङले भने। 

चीनभर संक्रमणमा बृद्धिले अधिकारीहरुलाई सांघाईमा विद्यालय र उत्तरपूर्वी शहरहरु बन्द गर्न बाध्य बनाएको छ। चीनका १८ वटा प्रान्त ओमिक्रोन र डेल्टा भेरियन्टको क्लस्टरसँग जुधिरहेका छन्। चीनमा सर्वप्रथम सन् २०१९ को अन्त्यतिर भाइरस देखिएको थियो। त्यसयता सरकारले शून्य–कोभिड नीति अंगिकार गर्दै आएको छ।

यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुनमा यसै साता लकडाउन घोषणा गरिएको थियो ।एजेन्सी

Logo