रुसी हमलामा हालसम्म ८५ बालबालिकाको मृत्यु, दर्जनाैं घाइते

रुसी हमलामा हालसम्म ८५ बालबालिकाको मृत्यु, दर्जनाैं घाइते

केन्द्रबिन्दु
0
Shares

युक्रेनमाथिको रुसी हमलामा अहिलेसम्म ८५ बलाबालिको मृत्यु भएको छ। युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन् । 

‘रुसी संघको सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवत्ताको कार्यालयले भनेको छ। मारिने र घाइते हुनेमध्ये अधिकांश किभ, खार्किभ, दोनेत्सक, सुमी, खेर्सन, माइकोलिभ र जाइटोमाइर क्षेत्रका छन्।

पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा रुसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए।

रुसी हमलामा अहिलेसम्म ३६९ वटा शैक्षिक संस्थामा क्षति पुगेको ५७ वटा पूर्णरुपमा ध्वस्त भएको प्राप्त विवरणहरुमा जनाइएको छ।

यसैबीच सोमबार रुसी सेनाले पोल्यान्डसँगको सीमामा रहेको एउटा युक्रेनी आधारमा हमला गर्दा ३५ जनाको मृत्यु र १३० जना घाइते भएका थिए।एजेन्सी

Logo