बिलम्ब नगरी वार्ता गर्न जेलेन्स्कीको आह्वान

बिलम्ब नगरी वार्ता गर्न जेलेन्स्कीको आह्वान

केन्द्रबिन्दु
0
Shares

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि आह्वान गरेका छन् । 

रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी रुससँग वार्ताका लागि आह्वान गरेका हुन् । 

वार्ता रुसलाई उसको गल्तीका कारण भएको  क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको बताए । ‘यो भेटघाट गर्ने समय हो। यो वार्ताको समय हो। यो क्षेत्रीय अखण्डता पुनर्स्थापना र युक्रेनका लागि न्याय कायम गर्ने समय हो ’, उनले भने ‘अन्यथा रुसको घाटा यस्तो हुनेछ जसलाई पुनः प्राप्ति गर्न धेरै पुस्ता चाहिन्छ।’

Logo