वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ः दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ः दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

केन्द्रबिन्दु
0
Shares

फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो। वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो। 

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ।

सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै, स्वीट्जरल्यान्ड चौंथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौं र छैटौँ स्थानमा छन् । स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ । 

यस्तो छ नेपालको अवस्था 
नेपाल सूचीको ८५ औँ स्थानमा छ भने दक्षिण एसियामा पहिलो स्थानमा छ। भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन। नेपालपछि बुलगेरिया र माल्दिम्भस छन्। सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन्। श्रीलंका १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ। 

सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ। अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन्। सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात् ८२ औँ नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ स्थानमा छ। 

त्यस्तै, रुसी हमलामा परेको युक्रेन १०८ औं स्थानमा छ। एजेन्सी

Logo