१५ हजार रुसी सैनिकसहित २ सय बढी लडाकु विमान ध्वस्त पारेको युक्रेनको दाबी

१५ हजार रुसी सैनिकसहित २ सय बढी लडाकु विमान ध्वस्त पारेको युक्रेनको दाबी

केन्द्रबिन्दु
0
Shares

युक्रेनमाथि आक्रमण थालेपछि करिब १५ हजार रुसी सैनिक मरेको दाबी गरिएको छ। युक्रेनका सैन्य अधिकारीहरुले आफूहरुको सेनाले १४ हजार ७ सय रुसी सैनिकलाई मारेको दाबी गरेको हो । 

युक्रेनमाथि रुसले आक्रमण थालेको २५ दिन भएको छ। युक्रेनी शहर मारियुपोल, जपोरजिया र राजधानी कीभमा भीषण संघर्ष जारी रहेको बीबीसीले जनाएको छ। 

युक्रेनका सेनाप्रमुखका स्टाफको तर्फबाट गरिएको एक फेसबुक अपडेटमा अधिकारीहरुलाई उदृत गर्दै १४ हजार ७ सय सैनिक मारिएको बताइएको छ। 

यसक्रममा रुसी सेनाका सरसामान पनि नष्ट भएको जनाइएको छ । जसमा ४७६ ट्यांक २ सय भन्दा धेरै लडाकु विमान, हेलिकप्टर र ड्रोन का साथै १४८७ सवारी साधन रहेको दाबी युक्रेनको छ।एजेन्सी

Logo