किभको सपिङ मलमा विस्फोट, ८ जनाको मृत्यु

किभको सपिङ मलमा विस्फोट, ८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली विस्फोट गराउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। विस्फोटमा केही घाइते भएका छन्। 

रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले विस्फोट गराएका हुन् । विस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो। 

विस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो। आगो निभाउन ६३ अग्नि नियन्त्रकहरु परिचालन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ। 

पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ। रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ। २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन्। एजेन्सी

Logo