रुस–युक्रेन युद्ध: १३६ बालबालिकाको मृत्यु, २०० जना घाइते

रुस–युक्रेन युद्ध: १३६ बालबालिकाको मृत्यु, २०० जना घाइते

केन्द्रबिन्दु
0
Shares

रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । युक्रेनको महान्यायाधिवक्ताको कार्यालयले सो जानकारी दिएको हो । रुसले २४ फेब्रुअरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ । रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन् । युद्धमा युक्रेनतर्फ ठूलो भौतिक क्षति भएको छ । 

त्यस्तै, युद्धमा सयौँ मानिसहरूको मृत्यु भएको छ । राष्ट्र सङ्घका अनुसार युद्धका कारण २० लाखभन्दा बढी युक्रेन शरणार्थी भएका छन् भने १ करोडले घर छाडेका छन् । युक्रेनमाथि आक्रमण गरेको रुसी सेनाले ठूलो क्षति सामना गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । 

यसैबीच, रुसले पहिलो चरणको युद्ध समाप्त भएको अबको आफ्नो ध्यान पूर्वी दोनबासलाई पूर्ण स्वतन्त्रता बनाउनेतर्फ केन्द्रित हुने  बताएको छ ।

Logo