रुसी सेनाले महिलामाथि बलात्कार र यौन दुव्र्यवहार गरेको दावी

रुसी सेनाले महिलामाथि बलात्कार र यौन दुव्र्यवहार गरेको दावी

केन्द्रबिन्दु
0
Shares

रुसी सेनाले युक्रेनमा महिलाहरुमाथि बलात्कार र यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । युरोप काउन्सिलको संसदीय सभामा युक्रेनको प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेजेन्तसेवाले रुसी सेनाले महिलामाथि बलात्कार र यौन दुव्र्यवहार गरेको दाबी गरेकी हुन् ।  स्काइ न्यूजसँगको एक अन्तर्वातामा उनले भनिन्, ‘त्यहाँ एउटा मुद्दा छ, जुन हालै धेरै चर्चा गरिएको थियो किनभने यो अभियोजनकर्ताको कार्यालयमा रेकर्ड गरिएको र अगाडि बढिरहेको छ । हामी विवरणहरूमा जाँदै छैनौँ । तर, यो एकदम डरलाग्दो दृश्य हो । राजधानी किभनजिकै एउटा सहरमा एक नागरिकलाई उसको घरमा गोली हानेर मारिएको थियो । ’ 

उनले अगाडि भनिन्, ‘मलाई यो भन्न दुःख लागिरहेको छ कि उनलाई साना बच्चाहरुकै अगाडि बलात्कार गरिएको थियो । मादक पर्दाथले उत्तेजित सिपाहीले परिवारको घरमा पसेपछि श्रीमानको हत्या गरेको र पत्नीलाई बारम्बार बलात्कार गरेको युक्रेनका अभियोजनकर्ता जनरल इरिना भेनेदिक्टोभाले बताएका छन् । अभियोजनकर्ताले सार्वजनिक गरेको यो एउटा मुद्दाभन्दा पनि धेरै पीडितहरू रहेको जनाइएको छ । 

Logo