सांघाइमा चरणबद्ध लकडाउन सुरु, महत्वपुर्ण सेवाहरुमा असर गर्ने

सांघाइमा चरणबद्ध लकडाउन सुरु, महत्वपुर्ण सेवाहरुमा असर गर्ने

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसको संक्रमण फरी तिव्र रुपमा फैलन थालेपछि चीनले कोभिड १९ नियन्त्रण गर्न सांघाईमा चरणबद्ध लकडाउन सुरु गरेको छ । साथै स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न थालेका छन् ।  सांघाइ विश्वकै एउटा प्रमुख शहर भएकाले लकडाउनले महत्वपुर्ण सेवाहरुमा असर गर्ने देखिएको छ । 

आफ्नो कारखाना लकडाउन क्षेत्रमा रहेकाले आफ्ना उत्पादन बन्द गर्ने अमेरिकी कार निर्मार्ता टेस्लाले जनाएको छ । चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौं मानिसहरू आफ्नो घरभित्रै सीमित हुँदा विश्व तेलको मूल्यमा तीब्र वृद्धि भएको छ ।

सहरको पूर्वी आधा भागमा लकडाउन गरिएको छ । तर, बन्दरगाह र सहरका दुई विमानस्थलहरु भने खुला छन् । कोभिडको नयाँ संक्रमण ओमिक्रोन भेरियन्टका कारण चीनमा पछिल्ला समयमा संक्रमण दर बढेको छ ।

सन् २०१९ को अन्त्यमा वुहानमा पहिलो पटक यो भाइरस देखा परेदेखि गत महिना चीनमा सबैभन्दा धेरै संक्रमणका घटना देखिएका छन् । क्रस रिभर पुल र सुरुङ बन्द गर्ने अधिकारीहरुले बताएपछि मानिसहरू अत्यावश्यक वस्तुहरू किन्न हतारिएका थिए ।

Logo