इतिहासमा आजः ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुलासम्म

इतिहासमा आजः ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुलासम्म

केन्द्रबिन्दु
0
Shares

आज ३१ मार्च २०२२। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः 

ब्राजिलका सैनिक तानाशाह
सन् १९६४ मा कु मार्फत सैनिक तानाशाह हम्बर्टो कास्टेलो ब्रान्को ब्राजिलको सत्तामा पुगेका थिए। ब्रान्कोको शासन कालमा वामपन्थी विपक्षीमाथि चरम दमन भएको थियो, जसका कारण सन् १९६८ मा देशमा व्यापक सामाजिक अशान्ति र हडताल भएको थियो।

अमेरिकामा डीएसटी सुरु
सन् १९१८ मा संयुक्त राज्य अमेरिकामा पहिलो पटक मानक समय डेलाइट सेभिङ टाइम (डीएसटी) सुरु भएको थियो। अमेरिकाका हवाई र एरिजोनाबाहेक धेरैजसो क्षेत्रहरूले वर्षमा दुई पटक घडीहरू परिवर्तन गर्छन्। डीएसटी पहिलो पटक प्रयोग गर्ने देश जर्मनी हो।

इफेल टावर खुला
सन् १८८९ मा फ्रान्सको इफेल टावर खुला गरिएको थियो। फ्रान्सेली इन्जिनियर अलेक्जेन्डर गुस्ताभले टावरको माथिबाट फ्रान्सेली झन्डा फहराएपछि टावर खुला गरिएको थियो। सोही समयदेखि नै उक्त टावर पेरिसको प्रतिष्ठित चिह्न बनेको छ।एजेन्सी

Logo