नेदरल्यान्ड्सको ज्वोल्ले शहरमा रेस्टुरेन्टमा गोली चल्दा दुई जनाको मृत्यु

नेदरल्यान्ड्सको ज्वोल्ले शहरमा रेस्टुरेन्टमा गोली चल्दा दुई जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नेदरल्यान्ड्सको उत्तरी सहर ज्वोल्लेमा रहेको म्याकडोनाल्ड्स रेस्टुरेन्टमा बुधबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । ‘रेस्टुरेन्टमा भएका गोलीबारीका घटनामा दुई जनाको मृत्यु प्रहरीले जनाएको छ । 

एउटा रेस्टुरेन्टमा खाना खाइरहेका बेला एक बन्दुकधारीले उनीहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएको हो । गोली प्रहारपछि रेस्टुरेन्टमा रहेका अन्य ग्राहक आतंकित बनेका थिए । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo