श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा

श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा

केन्द्रबिन्दु
0
Shares

संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन् । चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो । 

तर, प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले भने राजीनामा दिएका छैनन् । सरकारले लगाएको कर्फ्यूको उल्लंघन गर्दै सर्वसाधारणले सडकमा प्रदर्शन गरेका थिए । देशव्यापी संकटकालको घोषण गरिएको श्रीलंकामा प्रदर्शन चर्किन थालेपछि शुक्रबार साँझ देखी सोमबार विहान ६ बजेसम्म कर्फ्यू  लगाएको थियो ।
श्रीलंकाले सन् १९४८ स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको छ । 

खाद्यन्न औषधि जस्ता अत्यावश्यक वस्तुको अभाव छ । पेपरको अभावमा सरकारले परीक्षासमेत स्थगित गरेको छ । दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ ।

Logo