विश्व इतिहासमा आजः रुवाण्डामा जातीय नरसंहार, पहिलो आधुनिक ओलम्पिक खेल

विश्व इतिहासमा आजः रुवाण्डामा जातीय नरसंहार, पहिलो आधुनिक ओलम्पिक खेल

केन्द्रबिन्दु
0
Shares

आज ६ अप्रिल २०२२। सदा झैँ विश्व इतिहासमा आज पनि केही महत्वपूर्ण घटनाक्रमहरू विकसित भएका थिए। आजकै दिन आधुनिक ओलम्पिक खेल सुरु भएको थियो भने इतिहासमा आजबाटै पहिलो व्यवसायिक सञ्चार स्याटलाईट सुरु भएको थियो । प्रस्तुत छ इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रमः 

रुवान्डामा जातीय नरसंहार
सन् १९९४ मा रुवाण्डामा नरसंहार सुरु भएको थियो। रुवान्डाका तत्कालीन राष्ट्रपति जुभेनल हब्यारिमाना र बुरुन्डीका राष्ट्रपति साइप्रियन न्तारियामिराको हत्याले जातीय टुटसिसहरूको सामूहिक नरसंहारलाई उत्प्रेरित गरेको थियो। नरसंहारमा लाखौँ पीडित बनेका थिए।

पहिलो व्यवसायिक सञ्चार स्याटलाईट
सन् १९६५ मा पहिलो व्यवसायिक सञ्चार स्याटलाईट सुरु भएको थियो। अर्ली बर्डसमेत भनेर चिनिने जेमिनी ट प्रशान्त महासागरमा अवतरण गर्दा स्पेसक्राफ्ट स्प्लासडाउनको पहिलो प्रत्यक्ष टिभी प्रसारणलाई सहज बनाएको थियो। 

पहिलो सामूहिक विश्व उडान 
सन् १९२४ मा विमान चालकहरूको एउटा समूहले पहिलो पटक सामूहिक विश्व उडान सुरु गरेको थियो। चार वटा विमान सिएटलबाट पश्चिमतर्फको मार्गमा छुटेका थिए। तिनीहरूमध्ये दुइ वटा १५७ दिन पछि एउटै स्थानमा पुगेका थिए।

पहिलो पटक उत्तरी ध्रुवमा पुगेको दाबी गर्ने व्यक्ति 
सन् १९०९ मा रोबर्ट पेरीले आफू उत्तरी ध्रुवमा पुग्ने पहिलो व्यक्ति भएको दाबी गरेका थिए। तर, पेरीको दावी अहिलेसम्म पुष्टि हुन सकेको छैन। उत्तरी ध्रुवको पहिलो निर्विवाद यात्रा १९४८ सोभियत सेभर–२ अभियान थियो।

पहिलो आधुनिक ओलम्पिक खेल  
सन् १८९६ को ६ अप्रिलमा एथेन्समा पहिलो आधुनिक ओलम्पिक खेल  सुरु भएको थियो। पहिलो ओलम्पियाडमा १४ देशका २४१ खेलाडीले भाग लिएका थिए। दक्षिण–पश्चिम ग्रीसको ओलम्पियामा सुरु भएको अन्तिम पुरातन ओलम्पिक खेल भएको १५ सय वर्षपछि यो खेल भएको थियो।एजेन्सी

Logo