पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद्‌ पुनर्स्थापनाको फैसला

पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद्‌ पुनर्स्थापनाको फैसला

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएको छ । अदालतले नेशनल असेम्बलीका उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको हो ।  सर्वोच्च अदालतको यो फैसला इमरान खान सरकारका लागि ठूलो झट्का भएको बीबीसीले जनाएको छ । 

सर्वोच्चको ५ सदस्यीय इजलासले संसद् विघटन गर्ने राष्ट्रपतिको घोषणा गैरकानुनी भएको ठहर गरेको छ। ुप्रधानमन्त्री इमरान खान राष्ट्रपति अरिफ अल्वीलाई संसद् विघटन गर्ने सल्लाह दिन सक्दैनन् फैसलामा भनिएको छ ।

सर्वोच्च अदालतले संसद्‌का सभामुखका नाममा आदेश जारी गर्दै आइतबार बिहान ९ बजे संसद्‌को सत्र आह्वान गर्न आदेश गरेको छ । अदालतले प्रधानमन्त्री खानविरुद्ध संसद्‌मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गराउन पनि आदेश दिएको छ । 

Logo