रुस संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट निलम्बित

रुस संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट निलम्बित

केन्द्रबिन्दु
0
Shares

रूस संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदबाट निलम्बित भएको छ । युक्रेनी सहर बूचामा भएको मानवअधिकार उल्लंघनलाई लिएर संयुक्त राष्ट्र संघको यो फैसला आएको बीबीसीले जनाएको छ । 

संयुक्त राष्ट्रसंघमा रूसलाई यूएनएचसीआरबाट निलम्बित गर्ने प्रस्तावमाथि भएको मतदानमा  ९३ देशले समर्थनमा र २४ देशले विपक्षमा मतदान गरेका थिए । भोटिङ प्रकृयामा ५८ देश अनुपस्थित रहेका थिए । नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो । चीनले प्रस्तावको विपक्षमा मतदान गरेको थियो भने भारत पनि मतदानमा अनुपस्थित भएको थियो । 

Logo