युक्रेनमा अस्ट्रेलियाले पठायो सशस्त्र सैन्य ट्रकहरु

युक्रेनमा अस्ट्रेलियाले पठायो सशस्त्र सैन्य ट्रकहरु

केन्द्रबिन्दु
0
Shares

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोधमा अस्ट्रेलियाले युक्रेनमा सशस्त्र सैन्य ट्रकहरु पठाएको छ। रुसी हमलाविरुद्ध सशक्त प्रतिकार गर्न युक्रेनलाई २० वटा सैन्य ट्रक पठाउने प्रतिबद्धता अनुसार अस्ट्रेलियाले तीन वटा ट्रकहरु पठाएको हो।  

अस्ट्रेलियाले पठाएका शक्तिशाली बुसमास्टर युद्धग्रस्त क्षेत्रमा सेना र सर्वसाधारण पठाउन परियोग गरिनेछ। तर, तिनीहरुलाई आक्रमक हमलाका लागि भने प्रयोग गरिने छैन। 

जेलेन्स्कीले गत साता अस्ट्रेलियाको संसद्लाई भिडियो सम्बोधन गरेका थिए। युक्रेनलाई गरेको निरन्तर सहयोगप्रति जेलेन्स्कीले अस्ट्रेलियालाई धन्यबाद दिएका थिए। रुसी हमला सामना गरिरहेको युक्रेनले विभिन्न देशहरुसँग सैन्य सहयोग मागेका छन्। उनले विभिन्न देशका संसद्लाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै आएका छन्। 

अस्ट्रेलियाले युक्रेनलाई सैन्य तथा मानवीय सहायतास्वरुप १९० मिलियन अस्ट्रेलियाली डलर प्रदान गरेको छ।एजेन्सी

Logo