सेनाप्रमुखविरुद्ध सामाजिक सञ्जालमा अभियान चलाउने पीटीआई समर्थक पक्राउ

सेनाप्रमुखविरुद्ध सामाजिक सञ्जालमा अभियान चलाउने पीटीआई समर्थक पक्राउ

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाविरुद्ध अपमानजनक अभियान चलाएको आरोपमा इमरान खानको पाकिस्तान तहरिक-इ-इन्साफमा आबद्ध आठ जना सामाजिक सञ्जाल प्रयोगकर्तालाई पक्राउ गरिएको छ ।

सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा निशाना बनाएको आरोपमा पाकिस्तानको संघीय अनुसन्धान निकाय (एफआईए) ले मंगलबार पञ्जाब प्रान्तका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको हो ।

संसदमा विपक्षीले प्रधानमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव पारित भएपछि केही दिनअघि इमरान खान पदमुक्त भएका थिए । त्यसपछि जनरल बाजवाविरुद्धको अभियान ट्विटरमा शीर्ष ट्रेन्डिङमा परेको छ । 

एफआइएका अनुसार गुप्तचर निकायबाट सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध सामाजिक सञ्जालमा अभियानमा संलग्न ५० संदिग्धको सूची प्राप्त भएको र तीमध्ये आठजनालाई नियन्त्रणमा लिइएको छ ।
एजेन्सी

Logo