युक्रेन युद्धमा २० पत्रकार मारिए

युक्रेन युद्धमा २० पत्रकार मारिए

केन्द्रबिन्दु
0
Shares

रुसी आक्रमणको क्रममा युक्रेनमा अहिलेसम्म २० पत्रकार मारिएका छन् ।  २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएको युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ । 

मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ । सो मृत्यु युक्रेनको महाअभियोजकको कार्यलयले पुष्टि गरेको छ । मृत्यु हुनेमध्ये केही विदेशी सञ्चारकर्मी पनि छन् । 

युक्रेनको नागरिक समाज र विशेषगरी जिम्मेवार पत्रकारहरूको हितलाई समर्थन गर्ने स्वतन्त्र गैरसरकारी संस्था इन्स्टिच्युट अफ मास इन्फरमेसन (आईएमआई)का अनुसार रुसले युद्धको पहिलो महिनामा युक्रेनमा पत्रकार र सञ्चारमाध्यमविरुद्ध कम्तिमा १ सय ४८ अपराध गरेको थियो  ।

रुसी सेनाले कम्तीमा १० ओटा टिभी टावरहरूलाई निशाना बनाएका छन् । टावरमा क्षति हुँदा युक्रेनको आठ क्षेत्रहरूमा टिभी र रेडियो प्रसारणमा पूर्ण वा अस्थायी रूपमा अवरोध आएको थियो । युद्धसम्बन्धी खतराका कारण देशभर ७० क्षेत्रीय मिडिया आउटलेटहरू बन्द छन् ।

एजेन्सी

Logo