दक्षिण अफ्रिकाको बाढीपहिरोमा ४०० जनाको मृत्यु

दक्षिण अफ्रिकाको बाढीपहिरोमा ४०० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दक्षिण अफ्रिकाको बाढीपहिरोमा ४०० जनाको ज्यान गएको र दशौं हजार घरबारविहीन भएका छन्। 

ठूलो वर्षापछिको बाढीपहिरोमा देशको दक्षिण पूर्वी क्षेत्रमा केही हराइरहेका छन्। बाढीको पानीले दक्षिणपूर्वी तटीय सहर डर्वानका केही भागहरू डुबानमा परेका छन्। बाढीले सडक भत्किएका छन् । अस्पतालमा क्षति पुर्याएको छ भने घरहरू बगाएको छ। 

दक्षिणपूर्वी क्वाजुलु–नाताल (केजेएन) प्रान्तमा आपतकालीन सेवाहरू उच्च सतर्कतामा राखिएको छ। डर्वान हिन्द महासागरको तटमा पर्छ। बाढीपछि उद्दार कार्य तीव्र पारिएको छ।एजेन्सी

Logo