इतिहासमा आजः अल्बर्ट आइन्सटाइनको निधन, फ्रान्सिस्कोमा शक्तिशाली भूकम्प

इतिहासमा आजः अल्बर्ट आइन्सटाइनको निधन, फ्रान्सिस्कोमा शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

आज सन् २०२२ को १८ अप्रिल । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। आजकै दिन प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मृत्यु भएको थियो। त्यस्तै जिम्बाबे बेलायतबाट आजकै दिन स्वतन्त्र भएको थियो। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः

सनफ्रान्सिस्कोमा शक्तिशाली भूकम्प
सन् १९०६ मा क्यालिफोर्नियाको सनफ्रान्सिस्को सहरमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परेर ३ हजार जनाको मृत्यु भएको थियो। भूकम्प र त्यसपछिको आगलागीमा ८० प्रतिशत सहर ध्वस्त भएको थियो । 

सेन्ट पिटर निर्माण सुरु
सन् १५०६ मा हालको सेन्ट पिटर्स बासिलिकाको निर्माण सुरु भएको थियो । भ्याटिकन सिटीको सेन्ट पिटर विश्वको सबैभन्दा महत्वपूर्ण क्याथोलिक क्षेत्रहरू मध्ये एक हो । 

अल्बर्ट आइन्सटाइनको मृत्यु
आजकै दिन विश्व प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनको मृत्यु भएको थियो। जर्मन मूलका अमेरिकी वैज्ञानिक आइन्सटाइनको मृत्यु १९५५ को १८ अप्रिलमा भएको थियो। उनको जन्म १८७९ को १४ मार्चमा जर्मनीको युल्ममा भएको थियो। २० औं शताब्दीका महान् भौतिकशास्त्री आइन्सटाइनको सापेक्षतावादको सिद्धान्त अर्थात् ‘थ्योरी अफ रिलेटिभी’लाई भौतिकशास्त्रको महान सिद्धान्तका रुपमा लिइन्छ। यही सिद्धान्तका कारण २०औँ तथा २१ औँ शताब्दीमा भौतिकशास्त्रमा क्रान्ति ल्याएको छ।

जिम्बाबे स्वतन्त्र 
सन् १९८० को १८ अप्रिलमा जिम्बाबे बेलायतबाट स्वतन्त्र भएको थियो ।एजेन्सी
 

Logo