रुसी हमलाले मारिओपोलको अस्तित्व मेटिएको युक्रेनकै विदेशमन्त्रीको स्वीकारोक्ती

रुसी हमलाले मारिओपोलको अस्तित्व मेटिएको युक्रेनकै विदेशमन्त्रीको स्वीकारोक्ती

केन्द्रबिन्दु
0
Shares

रुसी सेनाले युक्रेनका महत्वपूर्ण क्षेत्रहरुमा गोलाबारी र हवाई हमला फेरि तीब्र पारेका छन् । ओडेसा नजिकैको सहर माइकोलाइभमा निरन्तर रकेट हमला भएको त्यहाँका गभर्नरले बताएका छन् । 

पूर्वीयुक्रेनमा हवाई हमलाका साइरनहरु निरन्तर बजिरहेका बीबीसीले जनाएका छ । युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले पूर्वीबन्दरगाह सहर मारिओपोलको अब कुनै अस्थित्व नरहेको बताएका छन् । झन्डै दुई महिनाअघि युद्ध सुरु भएपछि मारिओपोल निरन्तर रुसी सेनाको हमलामा परेको छ । 

यसैबीच, युक्रेनका प्रधानमन्त्री डेनिस स्माइहलले घेराबन्दीमा परेको मारिओपोल सहरमा युक्रेनी फौज रुसविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् । 

एजेन्सी

Logo