श्रीलंकाका राष्ट्रपति राजपाक्षेले गरे १७ सदस्यीय मन्त्रिमण्डल गठन

श्रीलंकाका राष्ट्रपति राजपाक्षेले गरे १७ सदस्यीय मन्त्रिमण्डल गठन

केन्द्रबिन्दु
0
Shares

संकटमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरिरहेका बेला राजपाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल नियुक्त गरेका हुन् ।

राजपाक्षेले सुरुमा आफ्ना मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए। तर, उनको प्रस्तावलाई विपक्षीले अस्वीकार गरेका थिए। उनले अहिले आफ्नो पार्टीका केही सदस्यलाई विभिन्न पदमा पुनः नियुक्त गरेका छन् ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ। दैनिक १२ घन्टा लोडसेडिङ, खाद्यान्न, औषधि र इन्धनको अभावले चौतर्फी असन्तुष्टि बढेको छ।

Logo