आसाममा चट्याङ लागेर १४ जनाको मृत्यु

आसाममा चट्याङ लागेर १४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको छ। आइतबार यहाँ आएको भिषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको बताइएको छ।

आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ। वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्याएको थियो।

आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप ६ जनाको ज्यान गएको थियो। यहाँ चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति घाइते भएका पनि अधिकारीहरुले जनाएका छन्।

यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ। शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ।एजेन्सी

Logo