इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोट, वैज्ञानिक चार्ल्स डार्विनको निधन

इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोट, वैज्ञानिक चार्ल्स डार्विनको निधन

केन्द्रबिन्दु
0
Shares

आज सन् २०२२ को १९ अप्रिल । विश्व इतिहासमा आज सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः

अमेरिकामा बम हमला
सन् १९९५ मा अमेरिकाको ओक्लाहोमा सहरमा भएका विस्फोटहरूमा १६८ जनाको मृत्यु भएको थियो। उक्त आक्रमणका माइस्टरमाइन्ड तिमोथी म्याकभेगलाई सन् २०११ को ११ जुनमा मृत्युदण्ड दिइएको थियो । विस्फोटको कारण खुलेको छैन। विस्फोटमा मृत्यु हुनेमध्ये १९ जना शिशु तथा बालबालिका थिए । 

पहिलो मानव अन्तरिक्ष स्टेशन
सन् १९७१ को १९ अप्रिलमा सोभियत युनियन विश्वकै सबैभन्दा पहिलो मानव अन्तरिक्ष स्टेशन सुरु भएको थियो। स्यालुट १ नामक दिइएको सो स्टेशन २३ मिटर लामो थियो ।

अमेरिकी क्रान्तिकारी युद्ध
सन् १७७५ मा अमेरिकी क्रान्तिकारी युद्ध सुरु भएको थियो । लेक्सिङ्टन र कन्कर्डको युद्धले ग्रेट ब्रिटेनको राज्य र ब्रिटिश उत्तरी अमेरिकाका १३ उपनिवेशहरूबीच सशस्त्र द्वन्द्व भएको थियो। युद्धको परिणामस्वरूप अमेरिकी स्वतन्त्रता भयो। 

चाल्स डार्विनको निधन
आजकै दिन प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनको निधन भएको थियो । सन् १८०९ को १२ फेब्रुवरीमा बेलायतमा जन्मिएका डार्विनको निधन १८८२ को १९ अप्रिलमा भएको थियो। डार्विनले क्रमिक विकास सिद्धान्तको प्रतिपादन गरेका थिए।एजेन्सी

Logo