युक्रेन संकटबारे अमेरिकी राष्ट्रपति बाइडेनले साझेदारहरुसँग छलफल गर्ने

युक्रेन संकटबारे अमेरिकी राष्ट्रपति बाइडेनले साझेदारहरुसँग छलफल गर्ने

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन संकटबारे साझेदारहरुसँग छलफल गर्ने भएका छन् । राष्ट्रपतिले रुसलाई जवाफदेही बनाउन कसरी समन्वय गर्ने भन्ने विषयमा मंगलबार साझेधारहरुसँग् छलफल गर्ने ह्वाइट हाउसले जनाएको छ । 

‘युक्रेनमा हाम्रो निरन्तर समर्थन र रुसलाई जवाफदेही बनाउने प्रयासहरूबारे छलफल गर्न सहयोगी र साझेदारहरूसँग राष्ट्रपतिले भिडियो कल गर्नेछन्’, ह्वाइट हाउसले भनेको छ । पछिल्ला दिनमा रुसले आफ्नो हमलालाई पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । 

एजेन्सी 

Logo