मलेसियामा कोभिड संक्रमण बढ्योः एकैदिन ६ हजार संक्रमित हुँदा १२ जनाको मृत्यु

मलेसियामा कोभिड संक्रमण बढ्योः एकैदिन ६ हजार संक्रमित हुँदा १२ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मलेसियामा पछिल्लो समय कोभिड १९ को संक्रमण बढेको पाइएको छ। यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ। 

यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुनेकाे संख्या बढेकाे पनि बताएका छन्। उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ ।

यहाँ अहिलेसम्ममा ४४ लाखभन्दा बढी संक्रमित भएका छन् भने ३५ हजार जनाभन्दा बढीको कोभिडका कारण ज्यान गएको छ।

यहाँ कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरुको पालनामा पनि कडाइ गरेका बताइएको छ।

Logo