श्रीलङ्कामा कर्फ्यु आदेश जारी

श्रीलङ्कामा कर्फ्यु आदेश जारी

केन्द्रबिन्दु
0
Shares

श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ। सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कर्फ्यु लगाइएको हो। आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कर्फ्यु लगाउनु परेको जनाएको छ। घटनाका बारेमा निश्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरुले प्रतिबद्धता जनाएका छन्।
 
आर्थिक सङ्कटका कारण मुलुकमा अभाव र मूल्यबृद्धि भएकाले त्यसलाई न्युनिकरण गर्न माग गर्दै आम नागरिकले आन्दोलन गर्दै आएका छन् । आन्दोलनकारीहरुले समस्या समाधानका लागि राष्ट्रपति गोटावाय राजपाक्षले पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन्।

मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनु, महङ्गी बढ्नु र बस्तु तथा सेवाहरुको अभाव हुनुमा राष्ट्रपति नै दोषी रहेको उनीहरुको दाबी छ। आर्थिक अभावका कारण कतिपय अत्यावश्यक सेवा तथा बस्तुसमेत अभाव हुन थालेको स्थानीय बासिन्दाले बताएका छन्। 

सरकारी अधिकारीहरुले नै कतिपय औषधि, अत्यावश्यक अन्य विभिन्न सामानहरुको अभाव भएको जनाएका छन् भने दैनिक लामो समय विद्युत कटौतीसमेत भएको छ। आर्थिक सङ्कटका कारण आन्दोलन सुरु भएपछि राजनीतिक सङ्कटसमेत उत्पन्न भएको छ। राजधानी काठमाडौंदेखि ९५ किलोमिटर टाढा पर्ने रामबुक्कानामा भएको आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुको झडपका क्रममा २९ जना घाइते भएका छन्। 

Logo