एलोन मस्कले कतिमा किने ट्वीटर ?

एलोन मस्कले कतिमा किने ट्वीटर ?

केन्द्रबिन्दु
0
Shares

अर्बपति एलोन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ट्विटर खरिद गर्ने सम्झौता गरेका छन् ।

केही समयअघि ट्वीटरको ९ प्रतिशत सेयर किनेका  मस्कले अब भने ट्वीटरको सबै सेयर किनेका हुन् । मस्कले ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेको जनाइएको छ । ट्विटर बिक्री भएपछि यो निजी स्वामित्वमा रहेको कम्पनी हुने  छ । मस्कले ट्वीटरसँग संयुक्त वक्तव्यमा जारी गर्दै आफुले यसलाई नयाँ सुविधाहरूको साथ सेवालाई पहिले भन्दा राम्रो बनाउन चाहेको बताएका छन् । 

मस्कले भनेका छन्, "उनी ट्विटर किन्न चाहन्छन् किनभने यो ‘स्वतन्त्र वाक लागि‘ प्लेटफर्मको रूपमा यसको सम्भाव्यतामा बाँचिरहेको छैन र यसलाई एक निजी कम्पनीको रूपमा रूपान्तरण गर्न आवश्यक छ।"

Logo