आणविक हतियार बढाउने किम जोङको प्रतिबद्धता

आणविक हतियार बढाउने किम जोङको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक हतियार बढाउने प्रतिबद्धता जनाएका छन् । सोमवार राति आयोजित एउटा सैन्य परेडलाई सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने बाचा गरेका हुन् । 

उत्तर कोरियाली सेनाको ९० औँ स्थापना दिवसको अवसरमा आयोजित परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ल्यालिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रदर्शन गरिएको थियो । उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक मार्चमा सबैभन्दा ठूलो आइसीबीएम परीक्षण गरेको थियो । 

परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा चर्को आलोचना भएको थियो । उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अमेरिकाले उमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । परमाणुअस्त्र बोक्न सक्ने गरी बनाइएका ती क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता अमेरिकासम्म छ ।
 

Logo