पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिएपछि ईयूले भन्यो : रुसले ब्ल्याकमेल गर्‍यो

पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिएपछि ईयूले भन्यो : रुसले ब्ल्याकमेल गर्‍यो

केन्द्रबिन्दु
0
Shares

युरोपेली युनियन (ईयू)ले युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ ।

रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो । रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको   अविश्वसनीयता देखाएको आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले आरोप लगाए । 

यसअघि वार्सा र सोफियाका राजनीतिक नेताहरूले  रुसी ऊर्जा कम्पनी गाजप्रोमको कदम ‘ब्ल्याकमेल’ भएको बताएका थिए । पश्चिमा देशहरुको शत्रुतापूर्ण कदमको बदलामा आफूले पछिल्लो निर्णय लिनु परेको रुसी प्रशासन क्रेमलिनले दाबी गरेको छ । रुस एउटा भरपर्दो उर्जा साझेदार देश भएको क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताए । 

बुधबार रुसी ग्यास कम्पनी गाजप्रोमले पोल्याण्ड  र बुल्गेरियामा ग्यास आपूर्ति रोकिदिएको थियो । रुसी रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि कम्पनीले उक्त कदम चालेको थियो । बुधवार जारी एक विज्ञप्ति जारी गर्दै  ग्याजप्रोमले राष्ट्रपति पुटिनले जारी गरेको आदेशअनुसार पोल्याण्ड र बुल्गेरियामा पूर्ण रूपमा ग्यास आपूर्ति रोकिएको जनाएको थियो । 

एजेन्सी

Logo