मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला

मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला

केन्द्रबिन्दु
0
Shares

पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ ।

सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन् । एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको राष्ट्रिय गार्ड कमाण्डर डेनीज शेल्गाले बताए । आइतबार अन्तिम सो क्षेत्रमा आश्रय लिएका धेरै नागरिकहरू भाग्न सफल भएका थिए ।

तर, अझै दर्जनौँ साना बालबालिकाहरु कारखानाभित्रको बंकरमा रहेका ती अधिकारीले बताए । दक्षिणी बन्दरगाह सहरको कारखाना रुसी बमबारीमा परेको छ । आईतबार ठूलो संख्यामा सर्वसाधारणहरू त्यहाँबाट बाहिरिएपछि फेरि गोलाबारी सुरु भएको ती अधिकारीले युक्रेनी टेलिभिजनलाई बताए ।

स्टिलवर्कबाट उद्धारकर्ताहरूको पहिलो समूह सोमबार युक्रेनी-नियन्त्रित सहर जापोरिझियामा आइपुग्ने अपेक्षा गरिएको थियो । तर, उद्धार प्रयासमा ढिलाइ भएको प्राप्त विवरणहरूमा जनाइएको छ । 

एजेन्सी

Logo