बिरालोलाई लात हान्दा १० वर्ष जेल सजाँय !

बिरालोलाई लात हान्दा १० वर्ष जेल सजाँय !

केन्द्रबिन्दु
0
Shares

इभिया टापुको समुद्री किनारको रेस्टुरेन्टमा तीन जना मानिस बाहिर खाना खाइरहेका छन् ।

दुई ओटा बिरालाका बच्चा उनीहरू नजिकै आएर खानेकुरा माग्छन् । तीमध्ये एक जनाले एउटा माछोलाई झुन्डाएर बिरालोलाई नजिक आउन लोभ्याउछ । जब बिरालो छेउमा आउछ, अर्का व्यक्तिले लात्तीले हानेर समुद्री किनारमा खसालिदिन्छन् । 

लगत्तै, दोस्रो बिरालो त्यहाँबाट उम्किन्छ र एक महिला हाँसेको सुन्न सकिन्छ । तत्कालै स्थानीयले बिरालोलाई पशु चिकित्सककहाँ पुर्‍याउछन् । धन्य बिरालोलाई खासै चोट लागेको हुँदैन । यो घटना हो ग्रीसको एउटा रेस्टुरेन्टको । 

रेस्टुरेन्टमा बिरालाको बच्चालाई लात हानेर समुन्द्रमा फाल्ने  ती व्यक्ति पक्राउ परेका छन् । पशु दुर्व्यवहारकाे  आरोप लागेर दोषी  ठहर भएमा उनलाई १० वर्ष जेल सजाय र ५० हजार युरो जरिवाना हुनेछ ।

 पशुमाथि दुर्व्यवहार गरेको  भिडियो सार्वजनिक भएपछि दाेषीलाइ पक्राउ गरिएको थियो । ग्रीसका प्रहरी मामिला मन्त्रीले ‘जन्तु विरुद्धको हिंसा अस्वीकार्य’ भन्दै दोषीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

एजेन्सी

Logo