१०० वर्षीय वाल्टर ओर्थम्यान, जसले ८४ वर्ष एउटै कम्पनीमा बिताए

१०० वर्षीय वाल्टर ओर्थम्यान, जसले ८४ वर्ष एउटै कम्पनीमा बिताए

केन्द्रबिन्दु
0
Shares

यदि दैनिक कामको पेलाइले तपाईंलाई कमजोर बनाइरहेको छ र धेरै लामो समयदेखि एउटै कार्यालयमा एउटै काम गर्दा दिक्क हुनुहुन्छ भने १०० वर्षीय वाल्टर ओर्थम्यानलाई हेर्नुहोस, जो एउटै कम्पनीमा ८४ वर्षदेखि छन्। 

गिनिज वर्ल्ड रेकर्डस् लिमिटेडले जनवरीमा ब्राजिलका बिक्री प्रबन्धक ओर्थम्यानले एउटै कम्पनीमा सबैभन्दा लामो करिअर बनाउने व्यक्ति भएको घोषणा गरेको थियो। उनी आठ दशकभन्दा बढी समयदेखि एउटै कपडा कम्पनीमा कार्यरत थिए।

शताब्दी पुरुष ओर्थम्यानले दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा एक वर्षअघि इन्डस्ट्रियास रेनक्स एसएमा ढुवानी सहायकको रूपमा काम सुरु गरेका थिए। त्यतिबेला उनी जम्मा १५ वर्षका थिए। उनलाई एउटा स्थानमा पदोन्नति गरियो जहाँ उनी आजसम्म छन्।

उनी काम गर्ने कार्यालयको नाम फेरिएर अहिले रेनक्सभ्यू राखिएको छ।एजेन्सी

Logo