ताइवानको पूर्वीतटमा ६ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प

ताइवानको पूर्वीतटमा ६ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प

केन्द्रबिन्दु
0
Shares

ताइवानको पूर्वीतटमा सोमबार ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पलगत्तै ताइपेइका भवन तथा संरचनाहरू हल्लिएका थिए। भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भएको छैन।

पूर्वीतटमा केन्द्रबिन्दु रहेको सो भूकम्पको गहिराई २७ दशमलब ५ किलोमिटर रहेको थियो । भूकम्प ताइवानभर महसुस गरिएको थियो। दुई टेक्टोनिक प्लेटको संगमनजिकै रहेको ताइवान भूकम्पको जोखिममा छ।

ताइवानमा बारम्बार भूकम्प जाने गरेको छ। सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो। त्यस्तै, सन् १९९९ मा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्पले २ हजारभन्दा बढीको ज्यान लिएको थियो।एजेन्सी

Logo