श्रीलंकामा फेरि कर्फ्यु

श्रीलंकामा फेरि कर्फ्यु

केन्द्रबिन्दु
0
Shares

श्रीलंकामा सरकारले आर्थिक संकट सम्बोधन नगरेको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई सरकार समर्थकहरुले हमला गरेपछि फेरि कर्फ्यु लगाइएको छ। 

कोलम्बोस्थित प्रधानमन्त्री र राष्ट्रपति कार्यालय बाहिर भएका हिंशामा कम्तीमा २० जना घाइते भएका छन्। 

सरकार समर्थकहरूले प्रहरी घेरा तोडेर लाठी प्रयोग गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो। 

बढ्दो मूल्यबृद्धि र लोडसेडिङको विरोधमा गत महिनादेखि बृहत प्रदर्शन भएका छन्। 

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि देशमा आर्थिक संकट बढेको छ। सरकारले आपतकालीन आर्थिक सहयोगका लागि अनुरोध गर्दै आएको छ।एजेन्सी

Logo