विश्व बजारमा ‘बिट क्वाइन’को मूल्यमा ५० प्रतिशतले गिरावट

विश्व बजारमा ‘बिट क्वाइन’को मूल्यमा ५० प्रतिशतले गिरावट

केन्द्रबिन्दु
0
Shares

विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी (बिट क्वाइन)को मूल्य ५० प्रतिशतले घटेको छ। गत वर्षको नोभेम्बरमा ६८ हजार ९९१ डलरबाट आजका दिनसम्म आइपुग्दा ५०% ले घट्दै बजार मूल्य ३३ हजार ४०० डलरमा झरेको हो। 

रुस-युक्रेन युद्धका कारण हालैका दिनहरूमा विश्वभरका स्टक बजारहरू ओरालो लाग्दा डिजिटल पैसाको मूल्यमा पनि गिरावट आएको हो । सोमबार जापानको बेन्चमार्क निक्केई सूचकाङ्क करिब २.५% ले तल झर्दा केही एसियाली बजारहरू ओरालो लागेका छन्। 

बिट क्वाइनले क्रिप्टोकरेन्सी बजारको करिब एक तिहाइ हिस्सा ओगटेको छ । जसको कुल मूल्य लगभग ६४० बिलियन छ । विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरियमको मूल्य पनि गत हप्ता १०% भन्दा बढीले घटेको छ । 

क्रिप्टोकरेन्सीहरूले विश्वव्यापी स्टक बजारहरूको चाललाई बढ्दो रूपमा पछ्याइरहेका छन् । बजार अनिश्चितताको समयमा पूराना लगानीकर्ताहरूले प्रायः जोखिमपूर्ण सम्पत्ति बेच्छन् र आफ्नो पैसा सुरक्षित लगानीमा सार्छन् । 

गत हप्ता अमेरिका, बेलायत र अष्ट्रेलिया लगायत विश्वभरका केन्द्रीय बैंकहरूले बढ्दो मूल्यलाई सम्बोधन गर्दै ब्याजदर बढाए । रुस युक्रेन युद्धले विश्व अर्थतन्त्रमा पार्ने असरबारे  लगानीकर्ता निकै चिन्तित छन् । यसैबीच, गत वर्ष बिट क्वाइनलाई दुई देश एल साल्भाडोर र मध्य अफ्रिकी गणतन्त्र र विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुचीले आधिकारिकरुपमा प्रयोग गर्न अनुमति दिएको थियो ।एजेन्सी

Logo