माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ

केन्द्रबिन्दु
0
Shares

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई कोभिड पोजेटिभ भएको छ। आफूलाई कोभिडको सामान्य लक्षणहरू देखिएको उनले बताएका छन् । 

स्वस्थ नभएसम्म आफू अन्य व्यक्तिबाट अलग रहने अर्बपति गेट्सले बताए। ‘खोप लगाएको तथा परीक्षण र उत्कृष्ट चिकित्सा हेरचाहको पहुँचमा भएकाले म भाग्यमानी छु’, उनले ट्विट गरेका छन्। 

६५ अर्ब डलरको अनुदानसँगै सियटलमा रहेको बिल र मेलिन्डा गेट्स च्यारिटी विश्वको सबैभन्दा शक्तिशाली निजी फाउन्डेसन हो ।

अक्टोबरमा गेट्स फाउन्डेसनले मर्कको एन्टिभाइरल कोभिड–१९ ट्याब्लेटको ‘जेनेरिक भर्सनमा’ कम आय भएका देशहरूको पहुँच विस्तार गर्न १२० मिलियन डलर सहयोग गर्ने बताएको थियो ।

सन् २०१४ मा माइक्रोसफ्टका सह–संस्थापकले महामारीको चेतावनी दिएका थिए । विश्वले अर्को २० बर्षमा अर्को महामारीको सामना गर्न सक्ने गेट्सले केही समयअघि भनेका थिए ।एजेन्सी

Logo