श्रीलंकामा नयाँ मन्त्रिपरिषद् एक साताभित्र गठन हुने

श्रीलंकामा नयाँ मन्त्रिपरिषद् एक साताभित्र गठन हुने

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले एक साता भित्र मन्त्रिपरिषद् गठन हुने बताएका छन् । 

श्रीलंकामा प्रदर्शन सुरु भएयता पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गोटाबायाले सरकार समर्थक र सरकार विरोधी प्रदर्शनकारीबीच भएको हिंसात्मक झडपको निन्दा गरेका छन् । झडपमा ३०० भन्दा बढी घाइते भएका छन् । 

आर्थिक संकटले श्रीलंकामा इन्धन, खानेकुरा, औषधीजस्ता आधारभूत वस्तुको चरम अभाव छ । यसका कारण एक महिनाभन्दा अघिदेखि श्रीलंकाली नागरिक सरकारविरुद्ध सडकमा प्रदर्शन गरिरहेका छन् । 

आर्थिकसँगै राजनीतिक संकट गहिरिएसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षे सोमबार राजीनामा दिइसकेका छन् । आन्दोलनले उग्ररूप लिएपछि आजसम्म देशमा कर्फ्यू लगाइएको छ। 

Logo