रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिएः युक्रेन

रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिएः युक्रेन

केन्द्रबिन्दु
0
Shares

युक्रेनमाथि भएको रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी सेना मारिएका छन् ।

मारिनेमा हाल मारिओपोलको स्टिल कारखानामा रहेका रेजिमेन्ट पनि रहेका गार्डका नेताले जनाएका छन् । २४ फेब्रुवरीमा आक्रमण सुरु भएदेखि ५६१  जना मारिएकाबाहेक थप १६९७  सैनिकहरू घाइते भएका नेसनल गार्डका प्रमुख ओलेक्सी नाडटोचीले एउटा अनलाइन ब्रिफिङ भने । 

रुसी हमलामा मारिनेको संख्याबारे दुबै देश मौन रहेका बेला युक्रेनी पक्षबाट आफ्ना मारिने सेनाको तथ्यांक सार्वजनिक भएको हो । युक्रेनी र रुसी अधिकारीहरू क्षतिबारे खासै खुलेका छैनन् । 

युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेनाहरूको बारेमा तथ्यांकबारे विरलै जारी गरेका छन् न त किभको रक्षा मन्त्रालय र मस्कोले सैन्य क्षतिको बारेमा कुनै जानकारी प्रदान गरेका छन् । 

एजेन्सी

Logo