हेलिकोप्टर दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु

हेलिकोप्टर दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु

केन्द्रबिन्दु
0
Shares

छत्तिसढको राइपुरस्थित एउटा विमानस्थलमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ ।

दुर्घटनामा क्याप्टेन गोपालकृष्ण पाण्डा र क्याप्टेन एपी श्रीवास्तवको मृत्यु भएको प्रहरीले जनाएको छ ।  अवतरण गर्न खोज्दा हेलिकप्टरमा आगो लागेको थियो । हेलिकोप्टरमा कुनै यात्रु थिएनन् ।

बिहीबार राति ९ बजेर १० मिनेट जाँदा रायपुरको स्वामी विवेकानन्द विमानस्थलमा उडान अभ्यासका क्रममा उक्त दुर्घटना भएको प्रहरी वरिष्ठ उपरीक्षक प्रशान्त अग्रवालले बताए ।

दुर्घटनाको कारण तत्काल थाहा हुन सकेको छैन । नागरिक उड्डयन महानिर्देशनालय र छत्तीसगढ सरकारको तर्फबाट विस्तृत प्राविधिक अनुसन्धान भएको छ ।

एजेन्सी

Logo