अमेरिकाका राष्ट्रपति बाइडेन जापानमा

अमेरिकाका राष्ट्रपति बाइडेन जापानमा

केन्द्रबिन्दु
0
Shares

एशियामा अमेरिकी गठबन्धनहरूलाई सुदृढ पार्ने भ्रमणको क्रममा अमेरिकाका राष्ट्रपति जो बाइडेन आइतबार जापान पुगेका छन्। बाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा एशियाको आफ्नो पहिलो यात्रा गर्दै छन्। यसैक्रममा टोकियो बाहिर योकोटा एयर बेसमा पुगेका हुन् । 

क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार बाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्ने कार्यक्रम रहेको समाचारमा जनाइएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति युन सुक योलसँग पहिलो शिखर वार्ता गरेका थिए। यो शिखर सम्मेलन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो। उक्त वार्ताका क्रममा दुई देशबीचको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो । 

Logo