मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु

मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुई वटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ। 

आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन्। आक्रमणमा दुई जना घाइते भएका छन् । गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसार मारिनेमा सात जना महिला छन् । 

आक्रमणपछि बन्दूकधारीहरुले आगो लगाइदिएका थिए । शवहरु टेबल र कुर्चीमा छरिएको अवस्थामा फेला परेका थिए । आक्रमणको उद्देश्य प्रष्ट हुन सकेको छैन। 

मेक्सिकोमा आपराधिक समूहले बारम्बार सर्वसाधारणलाई निशाना बनाउने गरेका छन् । लागूऔषध, तस्करीका कारण आपराधिक गतिविधि निरन्तर बढिरहेका छन्।एजेन्सी

Logo