निर्देश्क राम गोपाल बर्माविरुद्ध उजुरी

निर्देश्क राम गोपाल बर्माविरुद्ध उजुरी

केन्द्रबिन्दु
0
Shares

बलिउडका प्रख्यात निर्देशक राम गोपाल बर्माविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

एक प्रोडक्सन हाउसका मालिकबाट ५६ लाख रुपैंयाँ ऋण लिएका बर्माले उक्त पैसा नतिरेपछि हाउसका मालिक प्रहरीको शरणमा पुगेका हुन् । प्रहरीका अनुसार उजुरीपछि बर्माविरुद्ध मियापुर पुलिस स्टेसनमा सम्बन्धि आईपीसीको धाराअनुसार उजुरी दर्ता गरिएको छ । उजुरीकर्ताले बर्माले सन् २०२० मा एक तेलुगू फिल्म ‘दिशा’को निर्माणका लागि आफूबाट ऋण लिएको निवेदनमा उल्लेख गरेका छन् ।

उनका अनुसार सन् २०१९ मा एक साथीका माध्यमबाट उनले राम गोपाल बर्मालाई भेटेका थिए । उजुरीकर्ताको निवेदनमा सन् २०२० जनवरीमा बर्माले फिल्म निर्माणका लागि उनीबाट ८ लाख रुपैंयाँ लिएको उल्लेख छ । त्यसपछि पुनः २० लाख रुपैंयाँ ऋण दिन अनुरोध गरेपछि सन् २०२० को जनवरी २२ मा चेकबाट पैसा दिएका थिए ।

त्यो समयमा बर्माले ६ महिनाभित्र ऋण चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए । यसपछि पनि सन् २०२० फेब्रुअरीमा बर्माले फिल्म निर्माणमा अझ पैसा आवश्यकता परेको भन्दै थप २८ लाख रुपैंयाँ ऋण मागेका थिए । उजुरीकर्ताले आफूले निर्देशकमाथि विश्वास गर्दै थप २८ लाख रुपैंयाँ उनको खातामा पठाएको जनाएका छन् । त्यो समयमा बर्माले फिल्म ‘दिशा’ रिलिज पछि उनको ५६ लाख रुपैंयाँ फिर्ता दिने प्रतिबद्धता जनाएका थिए । 

तर, उजुरीकर्ताले सन् २०२१ को जनवरीमा बर्मा फिल्म ‘दिशा’को निर्माता नभएका ेथाहा पाएपछि बर्माले आफूमाथि झुठो बोलेको थाहा पाएका थिए । राम गोपालले बलिउडमा ‘शिवा’, ‘रंगीला’, ‘कम्पनी’, र ‘सरकार’ जस्ता फिल्म दिइसकेका छन् ।

एजेन्सी

Logo