काश्मिरका पृथकतावादी नेता मलिकलाई जन्मकैद

काश्मिरका पृथकतावादी नेता मलिकलाई जन्मकैद

केन्द्रबिन्दु
0
Shares

भारतको एक अदालतले काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ ।

आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा राजाधानी नयाँ दिल्लीस्थित अदालतले ५६ वर्षिय मलिकलाई जन्मकैदको सजाय सुनाएको हो । उनीमाथि आतंकवादी कार्य र आपराधिक षड्यन्त्रमा संलग्न रहेको तथा आर्थिक सहयोग गरेको अभियोग लागेको छ । 

मलिकले सन् १९९० को दशकमा हतियार त्यागेको अदालतलाई बताए । उनलाई गत हप्ता दोषी ठहर गरिएको थियो । मुस्लिम बाहुल्य कश्मीरमा सन् १९८९ मा भारतको शासनविरुद्ध सशस्त्र विद्रोह सुरु भएयता दशौं हजार मानिस मारिएका छन् । 

एजेन्सी

Logo