विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या

विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या

केन्द्रबिन्दु
0
Shares

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ ।

टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले  गोली हानी हत्या गरेका हुन् । आक्रमणमा महिलाका १० वर्षीया भतिजा पनि घाइते भएका छन् । लश्कर-ए-तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको हत्या गरेको प्रहरीले जनाएको छ । 

‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जादा अमरीन भाटलाई उनको घरमा गोली हानेका थिए । उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ । युवतीको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

एजेन्सी 

Logo