भारतको यो वेबसाइट जसले चिकित्सकलाई मात्र जुराइदिन्छ जोडी

भारतको यो वेबसाइट जसले चिकित्सकलाई मात्र जुराइदिन्छ जोडी

केन्द्रबिन्दु
0
Shares

तपाईंले जीवनमा त्यस्ता धेरै वेबसाइटहरू देख्नु भएको होला, जसले पुरुष वा महिलालाई विवाहको लागि सुझाव दिन्छन्। यी साइटहरूमा हरेक पेसाका मानिसहरू भेटिन्छन्। 

तर, के तपाईंले कहिल्यै यस्तो डेटिङ साइट देख्नुभएको छ, जहाँ केबल एउटै पेसाका मानिसहरूका लागि बनाइएको छ ? डाक्टरहरूका लागि एक विशेष डेटिङ साइट भारतमा चर्चामा छ, जसले डाक्टरहरूलाई मात्र जाेडी मिलाउने काम गरिरहेको छ।

अडिटी सेन्ट्रल वेबसाइटको रिपोर्टअनुसार मेडिको लाइफ पार्टनर नामको भारतीय डेटिङ साइट आजभोलि चर्चामा छ  र सामाजिक सञ्जालमा यसको निकै आलोचना पनि भइरहेको छ।

डाक्टरहरूलाई मात्र स्वीकार गर्ने मेडिको लाइफ पार्टनर नामक डेटिङ साइटबारे विवाद बढेको हो। यसले वर्गवादलाई बढावा दिएको धेरैले आरोप लगाएका छन् । मेडिको लाइफ पार्टनर एक अनलाइनमार्फ जोडी मिलाइदिने साइट हो जसले पुरुष र महिला डाक्टरहरूलाई उच्च गुणस्तरका साथी खोज्न मद्दत गर्ने दाबी गरिएको छ।  

वेबसाइटले सबै धर्म, जाति र भूगोलका डाक्टरहरूले दर्ता गर्न सक्ने जनाएको छ। केही हदसम्म  भारतमा यो लोकप्रिय भएको देखिन्छ। जात, धर्म र समुदायको आधारमा पहिलेदेखि नै विभेद रहेको भारतमा एउटा जागिर र एउटै वर्गको मात्रै प्रचारप्रसार गर्ने साइटको अस्तित्व नै गलत भएको कतिपयको  भनाइ छ।

यस साइटमा दर्ता गर्ने व्यक्तिहरूले निःशुल्क योजना लिन पनि सक्छन्जसमा उनीहरूले अरू कसैको फोन नम्बर देख्न वा सन्देश गर्न सक्दैनन् । ३ हजार८२५ भारु र १८ हजार ९०० भारुको प्याकेज पनि छ जसमा उनीहरुले अझ राम्रो सुविधा पाउँछन् । साइटको विवरणमा पनि केहि लेखिएको छ, जुन मानिसहरूलाई आपत्तिजनक लाग्छ।एजेन्सी

Logo