बन्दुकको पहुँच भएका किशोर/किशोरीमा आत्महत्या प्रयासको जोखिम उच्चः अध्ययन

बन्दुकको पहुँच भएका किशोर/किशोरीमा आत्महत्या प्रयासको जोखिम उच्चः अध्ययन

केन्द्रबिन्दु
0
Shares

बन्दुकको पहुँच भएका किशोर/किशोरी आत्महत्या वा आत्महत्या प्रयासको उच्च जोखिममा हुने एउटा नयाँ अनुसन्धानले देखाएको छ। जुनसुकै कारणले अस्पतालको आकस्मिक विभागमा आउने एक तिहाई अमेरिकी वयस्कमा डिप्रेसनको हल्का वा गहिरो लक्षण देखिने गरेको छ। यसले ठूलो जनसंख्यामा मानसिक स्वास्थ्यको उच्च आवश्यकता रहेको अध्ययनले सुझाव दिएको छ। 

ती निराशजनक अवस्थामा रहेका किशोर किशोरीमध्ये ४० प्रतिशतभन्दा बढीसँग बन्दुक रहेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। ‘हाम्रा खोजहरूले आत्महत्याको जोखिम र बन्दुकको पहुँचका लागि आपतकालीन विभागमा उपस्थित सबै किशोरकिशोरीहरूको स्क्रीनिङको महत्वलाई जोड दिन्छ’, अध्ययनकी सामा केमलले भनिन् । 

केमल शिकागोको चिल्ड्रेन हस्पिटलमा बाल रोग इमर्जेन्सी मेडिसिन फेलो हुन्। ‘अब यो अझ गम्भीर छ कि हामी युवा मानसिक स्वास्थ्य संकटको बीचमा छौं’, उनले भनिन् । बन्दुकको पहुँच भएका किशोरमा आत्महत्या प्रयास वा आत्महत्याको विचारको अन्यमा भन्दा १ दशमलब ५ गुणा बढी हुने अध्ययनले पत्ता लगाएको छ ।

'किशोर/किशोरीको विश्वव्यापी मानसिक स्वास्थ्य स्क्रिनिङ विशेषगरि कोभिड–१९ महामारीको कारण महत्वपूर्ण छ, जसले बन्दुकको उपलब्धता र युवाहरूको मानसिक स्वास्थ्यको बिग्रँदै गएको सूचक दुवै निम्त्याएको छ’ केमालले भनिन् । अध्ययन  जर्नल एकेडेमिक पेडियाट्रिक्समा अनलाइन प्रकाशित छ।एजेन्सी

Logo