युक्रेनी सहर सेभेरोदोनेत्स्कको ठूलो भाग रुसी सेनाको कब्जामा

युक्रेनी सहर सेभेरोदोनेत्स्कको ठूलो भाग रुसी सेनाको कब्जामा

केन्द्रबिन्दु
0
Shares

रुसी सेनाले पूर्वी युक्रेनको महत्वपूर्ण सहर सेभेरोदोनेत्स्ककाे ठूलो भागमा नियन्त्रण जमाएको त्यहाँका गभर्नरले पुष्टि गरेका छन् । 

सेभेरोदोेनेत्स्क युक्रेनको पूर्वी दोनबास क्षेत्रको प्रमुख सहर हो । युक्रेनका अन्य क्षेत्रहरूबाट भगाइएपछि रुसले आफ्नो सम्पूर्ण शक्ति दोनबास क्षेत्रमा केन्द्रित गरेको छ । मस्कोको सेनाले ‘सेभेरोदोनेस्कको ठूलो भाग नियन्त्रणमा राखेको छ ।

औद्योगिक क्षेत्र अझै पनि हाम्रो प्रभुत्वमा छ र अझै रुसी पुगेका छैनन्’, लुगान्स्क क्षेत्रका गभर्नर सर्गी गैडेले टेलिग्राममा भने । ‘सहरको सडकभित्र मात्र लडाइँ चलिरहेको छ’, उनले भने । यसअघि युक्रेनी फौज पछाडि फर्कुपर्ने अवस्था आउनसक्ने उनले बताएका थिए ।

एजेन्सी

Logo